प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शनमा देखिएको फरक दृष्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-नेपाल समूहको नेकपाले शुक्रबार शक्ति प्रदर्शन गर्यो। करिब एक लाख कार्यकर्ता उतारेको दाबी गरिएको नेकपाको आमसभामा केही फरक दृष्यलाई डिसी नेपालले क्यामरामा कैद गरेको छ।


शुक्रबारको आमसभाको लागि मध्यतराईका जिल्लाबाट एक जिल्ला तिस गाडीका दरले कार्यकर्ता काठमाडौं ल्याइएको छ। तराईका जिल्लाबाट ल्याइएका अधिकांश कार्यकर्ता दिउँसो राजधानिमा पारिलो घाम लागेपछि निदाइरहेका देखिन्थे भने कोही बदाम खाइरहेका दृश्य देखिन्थ्यो।


अनि उनीहरुलाई हामीले सोध्यौँ, काठमाडौं किन आउनुभएको? एक कार्यकर्ताको जवाफ यस्तो थियोः ‘अहिले फुर्सदिलो समय छ, साथिहरुले आन्दोलनमा काठमाडौं जाउँ भने, गाडी भाडा पनि नलाग्ने खाने बस्नेको पनि व्यवस्था हुने भएपछि आएका हौँ, हाम्रो आन्दोलनप्रति हाम्रो कुनै लगाव छैन।’

प्रदर्शनिमार्गमा प्रचण्ड-नेपाल समूहका शिर्ष नेताले सम्बोधन गरिरहँदा राजधानी बाहिरबाट ल्याइएका कार्यकर्ता भने कानर्यक्रमस्थलभन्दा पर बदाम खाएर बसिरहेका थिए। उनीहरुलाई नेताहरुको भाषणप्रति कुनै लगाव देखिएन। तर, उता मञ्चबाट नेताहरुभने प्रतिगमनको विरोधमा जनता सडकमा उत्रीएको दाबी गरिरहेका थिए।













सबै तस्वीर : मन्दिरा राउत







डिसी नेपाल







Facebook Comment