अमेरिकी राजदूत बेरीले भेटे प्रचण्ड र देउवालाई
काठमाडौं। अमेरिकी राजदूत र्याण्डी बेरीले प्रंमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपाको प्रचण्ड–माधव समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
अमेरिकामा नयाँ राष्ट्रपतिले सत्ता सम्हालेको र नेपालमा अन्यौलपूर्ण राजनीतिक अवस्था रहेका बेला राजदूत बेरीले दुई मुख्य पार्टीका प्रमुखहरुलाई भेटेका हुन्।
दूतावासले अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछिको अमेरिकी प्राथामिकताबारे नेताहरुसँग कुरा भएको जनाएको छ।
दूतावासले भनेको छ, ‘नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसँगको आफ्नो भेटघाटको क्रममा राजदूत बेरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको थियो।’
प्रचण्डसँग खुमलटारमा र देउवासँग बुढानिलकण्ठमा भेट भएको हो।







डिसी नेपाल







Facebook Comment