रामकोटमा कटुवाल परम्परा कायमै
तनहुँ । बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन् ।
सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए । बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनि बताउनँछन् । गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन् ।
वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आले बताए । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन् ।
ऐतिहासिक रामकोट
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलका रुपमा परिचित छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
गत वर्ष उक्त स्थानमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ । गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हँुदै गएको छ । गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन गरेको थियो । गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालीम र पुरुषलाई कालीगढसम्बन्धी तालीमहरु प्रदान गर्दै आएको उनले जानकारी दिए । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरु पनि गाउँ फर्किन थालेका छन् ।
उनका अनुसार यस वर्ष पनि होमस्टेका रु १० लाख विनियोजन भइसकेको छ । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment