सगरमाथाको चुचुरोमा नपुगी प्रमाणपत्र लिने दुई भारतीयलाई प्रतिबन्ध

डिसी नेपाल
२८ माघ २०७७ १९:१२
308
Shares

काठमाडौं । सन २०१६ मा सगरमाथा चढेको भनी झुठो विवरण पेश गरेर प्रमाणपत्र लिने दुई भारतीयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिबन्ध लगाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको जनाएको छ ।

यससम्बन्धमा उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो । अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ । उनीहरुले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम पुरा नगरी प्रमाणपत्र लिएको मन्त्रालयको ठहर छ । उनीहरुको प्रमाणपत्र रद्द गरिएको छ ।

यस्तै दुईजनालाई मन्त्रालयले ६ वर्षको प्रतिबन्धसमेत लगाएको छ । उनीहरुलाई २० मे २०१६ देखि लागू हुने गरी ६ वर्ष पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो । मन्त्रालयले भारतीय नागरिकलाई आरोहणको प्रबन्ध मिलाउने सेभेन समिट ट्रेक प्रालिलाई समेत नगद ५० हजार जरिवाना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.