अमेरिकामा रहेका दुई नेपाली चेलीद्वारा यूटुबमार्फत मौलिकता पस्कदैं

डिसी नेपाल
२९ माघ २०७७ १३:५२
288
Shares

काठमाडौं। अमेरिकामा बस्दै आएका दुई जना नेपाली चेलीले एक यूटुबमार्फत आफ्नै रचनाका मौलिक र कभर सङ पस्कदै आएका छन्। अमेरिकामा रहेका नेपाली चेली अन्तरा र गुंजन उपाध्याय(दुई बैनी)ले नेपसिस्टर भन्ने यूटुब च्यानलबाट बिगत केही समयदेखि आफ्नै रचनाका विभिन्न मौलिक र केही कभर सङका सांगीतिक कोशेलीहरू पस्किँदै आएका हुन्।

गुंजनले आफ्नै बुवा तुंग नेपालको आजभन्दा ३४ बर्ष पहिल्यै प्रकाशित एउटा पुरानो गीतको किताबमा यथार्थपरक गीत फेला पारेकी थिइन्। जसले उनलाई नेपालको मौलिकता झल्काउन उत्साहित गर्यो।

उनका अनुसार अनन्तकालदेखि नै घिस्रिने, बामे सर्ने, अघि बड्ने, हिँडने, कुदने अनि आफ्नो लक्ष्य अथवा भाग्य बनाउने क्रममा होमिएको मानव समाजले आफू झाङ्गिने, उन्नति गर्ने आदि कुनै खास उपलब्धि प्राप्त गर्नका लागि हिजो कुनै गाउँ, आज अर्कै ठाउँ र भोली कता? भन्ने अनिश्चितता बोकेकै हुन्छ।

अनवरत संगीतमै रुझान राख्ने आफ्ना बाबाबाटै प्रेरित भएकी गुंजनले यसअघि सुरुवाती प्रशिक्षित गायन संगीत गरेकी भएपनि यसपाली भने गीतमा एरेन्जमेन्ट पनि आफैंले गरेकी छन्। गायिका गुंजनले आफूलाई जीवन मरणको यथार्थताले छोएकोले पनि गीतमा संगीत भर्ने प्रेरणा मिलेको बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.