सगरमाथा आरोहण गरेकी शेर्पा भन्छिन्– कुनै पनि काम ठूलो सानो हुँदैन

डिसी नेपाल
१७ फागुन २०७७ १०:४७
284
Shares

काठमाडौं । हामी कामको प्रकृति हेरर व्यक्तिको विश्लेषण गरिरहेका हुन्छौं। सगरमाथा आरोहण गरेपछि त्यो मान्छेमा अर्कै खालको अनुभूति हुनु स्भाविक मान्न सकिन्छ। मान्छे पत्रकार भए भने पनि उनीहरुमा फरक खालको अनुभूति प्रवाह भइरहेको हुन्छ।

तर, पत्रकार र आरोही एउटै मान्छे भयो भने उसले के गर्ला। सामान्यतः नेपाली समाजमा सहज कल्पना गरिने कुरा हो। हामीले भेटेका दुवै क्षमता भएका एउटै व्यक्तिको काम कारवाही भने फरक छ।

उनी अहिले मट्का चिया पसल खोलेर बसेकी छिन्। काठमाडौंको बौद्ध क्षेत्रमा मट्का चिया खोलेर बसेकी डोम शेर्पा हामीले माथि विश्लेषण गरेकै मान्छे हुन। उनी करिव १० वर्षदेखि निरन्तर संचार क्षेत्रमा काम गरिरहेकी छन्। टेलिभिजन पत्रकारितामा स्नातकोत्तर गरेकी उनले क्याफेमा लगानी गरेकी छिन् र क्याफे सञ्चालन गरिरहेकी छिन्।

‘काम कुनै पनि ठूलो सानो हुँदैन,’ शेर्पाले भनिन्, ‘हामी कामलाई ठूलो सानो बनाएर बसेको समाजभित्रका पात्र हौं। त्यसैले यहाँ कामको प्रकृति अनुसार व्यक्तिको मूल्यांकन हुन्छ। तर, जुन समुदायले कामलाई ठूलो सानो भनेर भेदभाव गरेन त्यो समुदायले अहिले प्रगति गरिसकेको छ।’ फागुनको पहिलो हप्ताबाट बहिनीसँग मिलेर क्याफे खोलेको उनले बताइन्।

उनी यसभन्दा पहिला फेन्सी पसल पनि चलाएको समेत अनुभव रहेको बताउँछिन्। ‘करिब ५ लाख रुपैयाँको लगानी गरेकी छु’ शेर्पा आफूले क्याफे खोल्दा गरेको खर्चको कुरा सुनाउँदै थिइन्। ‘निरन्तर लागि परेमा भोलि यही लगानीले पनि ठूलो स्तरमा व्यापार गर्न सकिन्छ। अहिले यो लगानीलाई सानो भन्न मिल्दैन।’ सगरमाथामा सञ्चार प्रविधिको प्रयोग विषयमा थेसिस समेत शेर्पाले लेखेकी छन्।

टेलिभिजन, रेडियो, अनलाइन सबै पत्रिकारिताको अनुभव शेर्पाले गरेकी छन्। शेर्पा नेपाल अल्पाइन फाउण्डेसनको संस्थापक अध्यक्ष पनि हुन्। ‘फाउण्डेसनले हिमालको खोज, अनुसन्धान र आरोहीको बारेमा तत्काल वकालत गर्ने लक्ष राखेका छौं,’ शेर्पाले भनिन्।

हाल उनी विश्वलाई हेर्ने नयाँ दृष्टिकोणमा नेपाली ५० महिलाको सूचिमा समेत परेकी छन्। यसअघि शेर्पाले सन् २०१७ मा आइल्याण्ड पिक हिमालको आरोहण गरेकी थिइन्। २०१८ महिला पत्रकारका रुपमा सगरमाथाको शिखरमा पुगेकी थिइन्। त्यसबेला आफैले छायाङ्कन र निर्देशन गरेको पिलर अफ दी माउण्टेन नामक वृत्तचित्र पनि बनाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.