नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक मंगलबार बस्ने

डिसी नेपाल
१७ फागुन २०७७ २०:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक मंगलबार (भोली) बस्ने भएको छ। मंगलबार अपराह्न १ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक र बुधबार केन्द्रीय समिति बैठक बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमबार विहान बसेको सचिवालय बैठकले स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए।

पूर्व माओवादी पक्षको संसदीय दलको कार्यालय रहेको भवनमा बसेको बैठकले निर्वाचन आयोगलार्य पार्टीको आधिकारिता सम्बन्धी विवादलाई चाँडो टुंग्याउन आग्रह गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए। यसैगरी बैठकले प्रमुख सचेतक परिवर्तन गरिएको विषयको कुनै अर्थ र औचित्य नभएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *