सभामुख सापकोटासँग प्रचण्ड र माधव नेपालको छलफल
काठमाडौं। नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका छन्।
सभामुख सापकोटालाई भेट्न प्रचण्ड र शर्मा मंगलबार विहान नौ बजे सभामुख निवास पुगेका थिए। प्रचण्ड र शर्मा पुगेको आधा घण्टा पछि माधव नेपाल सभामुख निवासमा पुगेका थिए।
दश बजेसम्म छलफल गरेका नेपाल दश बजे सभामुख निवासबाट बाहिरिएका थिए भने प्रचण्ड र शर्मा १० बजेर १५ मिनेट जाँदा सभामुख निवासबाट बाहिरिएका थिए।भेटमा के विषयमा छलफल भयो भन्ने विषयमा केही पनि खुलाइएको छैन।
सर्वोच्च अदालतले फागुन ११ गते मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले २३ गतेका लागि संसद बैठक बोलाएको छ। संसद बैठक बस्ने पूर्वसन्ध्यामा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले सभामुखसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment