विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा दुई सदस्यीय वार्ताटोली घोषणा

डिसी नेपाल
१८ फागुन २०७७ १२:५४
96
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरेको छ। टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।

सरकारले २०७५ सालको फागुन २८ गते विप्लवका गतिविधि शंकास्पद भएको भन्दै प्रतिवन्ध लगाएको थियो। प्रतिबन्ध लगाएको २ वर्षपछि वार्ताको लागि टोली गठन गरेको छ।

यसअघि विप्लले विज्ञप्ति जारी गर्दैै सरकारसँग वार्ताको लागि सकारात्मक भएको जानकारी दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको कार्यक्रममा विप्लवलाई वार्ताकालागि सार्वजनिकरुपमा आह्वान समेत गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *