विप्लव समूहद्वारा वार्ता टोली गठन

डिसी नेपाल
१८ फागुन २०७७ १४:३०
188
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न  वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि विप्लवले पनि वार्ता टोली गठन गरेको हो।

विप्लव निकट स्रोतका अनुसार पार्टीका प्रवक्तासमेत रहेका खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) काे संयाेजकत्वमा उदय चलाउने  सदस्य रहेकाे वार्ता टाेली गठन गरेकाे हाे।

विप्लव समूहसँग वार्ता गर्न सरकारले मंगलबार नै दुइ सदस्यीय वार्ता टाेली गठन गरेकाे थियाे।

२०७५ फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएको थियो। सरकारले समूहका गतिविधिहरु शंकास्पद भएको भन्दै प्रतिबन्ध लगाएको हो।

सरकारको तर्फबाट १/२ दिनमा नै प्रतिबन्ध हटाउने संकेत पाएको विप्लव समूहले जनाएको छ। प्रतिवन्ध हटाउने, सबै कैदीबन्दी रिहा गर्ने लगायतका मागहरु सरकारसमक्ष राखेको उक्त समूहले जानकारी दिएको छ।

नेताकार्यकर्ताको रिहाई, पार्टी माथिको प्रतिबन्ध फुकुवा , नेता कार्यकर्तामाथि लगाइएका सबै झुट्टा मुद्दाहरु खारेजी , बैकल्पिक सयुक्त सरकार गठन र त्यो सरकारको नेतृत्वमा बर्तमान पूँजीवादी ब्यस्था वा बैज्ञानिक समाजवादी ब्यवस्थाका निम्ति जनमत संग्रह गर्नुपर्ने मागहरु उक्त समूहले राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *