सरकार र विप्लव समूहलाई इमान्दार वार्ताबाट समाधानमा पुग्न कांग्रेसको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र विप्लव समूहको वार्ता समिति गठन सकारात्मक भएको बताएको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन्।
“सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ।”
सरकारले आज विप्लव समूहसँग वार्ता गर्नको लागि गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा २ सदस्यीय समिति गठन गरेको छ भने विप्लव समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरिएको विप्लवले जारी गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment