नेकपा संसदीय दलमा प्रधानमन्त्री ओली स्पष्ट बहुमतमा रहेको दावी (सूचीसहित)

डिसी नेपाल
१८ फागुन २०७७ २२:५२

काठमाडौं । प्रतिनिधिसभा पूनःस्थापना भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद कायम रहँदा दुवै पक्ष संसदीय दलमा बहुमत पुर्याउने तयारीमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्ट बहुमतमा रहेको उक्त समूहले दावी गरेको छ ।

प्रतिनिधिसभामा नेकपाका कुल सांसद १ सय ७४ जना रहेका छन् । नेकपा ओली समूहनिकट स्रोतले दिएको जानकारीअनुसार संसदीय दलमा ओलीतिर नेकपाका जम्मा ८७ जना सांसदहरु रहेका छन् । अन्य सांसदपनि थपिने क्रम जारी रहेको र लालबाबू पण्डितसँग कुराकानी चलिरहेको स्रोतले बताएको छ ।

यसअघि संसदीय दलमा दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएका छन् । तर, दुवै पक्षले उक्त दावी गरेपनि बहुमत पुग्नेमा दुवै पक्ष ढुक्क नरहेको स्रोतको दावी छ ।

नेकपाको संसदीय दलमा बहुमतका लागी ८८ जना सांसद आवश्यक पर्ने हुन्छ । मंगलबार ओली समूहका नेता तथा सांसद महेश बस्नेतले एक कार्यक्रममा ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरेका थिए । उनले केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि दावी गरेका थिए ।

ओलीपक्षका दावी गरिएका सांसदहरुको सूची 

१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. विष्णु पौडेल
४. सुवास चन्द्र नेम्वाङ
५. बसन्त कुमार नेम्वाङ
६् लाल प्रसाद साँवा
७. राजेन्द्र गौतम
८. राजेन्द्र राई
९. घनश्याम खतिवडा
१०. भानुभक्त ढकाल
११. बिशाल भट्टराई
१२. लिला नाथ श्रेष्ठ
१३. रघुविर महासेठ
१४. पार्वत गुरुङ
१५. भुमि प्रसाद त्रिपाठी
१६. खेम प्रसाद लोहनी
१७. कृष्ण ब राई
१८. कृष्ण गोपाल श्रेष्ठ
१९. महेश बस्नेत
२०. नवराज सिलवाल
२१. गोकुल बास्कोटा
२२.कृष्णप्रसाद दाहाल
२३. पाल्देन छोपाड गुरुङ
२४. खगराज अधिकारी
२५. विद्या भट्टराई
२६. जगतबहादुर सुनार
२७. कृष्णकुमार श्रेष्ठ
२८. केदार सिग्देल
२९. नारायणप्रसाद मरासिनी
३०. पद्माकुमारी अर्याल
३१. तिलक ब महत
३२. प्रेमप्रसाद तुलाचन
३३. भुपेन्द्र ब. थापा
३४. सुर्यप्रसाद पाठक
३५. पदम गिरी
३६. प्रदिप ज्ञवाली
३७. छविलाल विश्वकार्मा
३८. दल बहादुर राना
३९. बृजेष कुमार गुप्ता
४०. नन्दलाल रोक्का क्षेत्री
४१. हृदेश त्रिपाठी
४२. रविन्द्रराज सर्मा
४३. नवराज राउत
४४. लाल ब. थापा
४५. प्रेम आले
४६. नारदमुनि राना
४७. गणेश सिंह ठगुन्ना
४८. दामोदर भण्डारी
४९. नर ब .धामी
५०. भैरव ब. सिंह
५१. विजय सुब्बा
५२. मोहन बानियाँ
५३. मोतिलाल दुगड
५४. थममाया थापा
५५. डा. शिवमाया तुम्बाहम्फे
५६. सुजिता साक्य
५७. विना श्रेष्ठ
५८. नविना लामा
५९. शान्तिमाया पाख्रिन
६०.कुमारी मेचे
६१. राधा कुमारी ज्ञवाली
६२. विन्दा पाण्डे
६३. गोमा देवकोटा
६४. निरु देवी पाल
६५. मनकुमारी जिसी
६६. विष्णु शर्मा
६७. सरिता न्यौपाने
६८. मैना कुमारी भण्डारी
६९. तिर्था गौतम
७०. शान्ता चौधरी
७१. विमला विश्वकर्मा (बर्दिया)
७२. आशाकुमारी विक
७३. जुलि कु महोतो
७४. रेखा कुमारी झा
७५. सरीता कुमारी गिरी
७६. टोप बहादुर रायामाझी
७७. लेखराज भट्ट
७८. प्रभु साह
७९. गौरी शंकर चौधरी
८०. शेरबहादुर तामाङ
८१. यज्ञ बोगटी
८२. रामवीर मानन्धर
८३. धन ब. बुढा
८४. माया न्यौपाने ज्ञवाली
८५. बिमला बि क (झापा)
८६. गोपाल बम
८७. गंगा चौधरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *