सभामुख सापकाेटाले लगाए काेराेनाकाे खाेप (फाेटाेफिचर)

डिसी नेपाल
१९ फागुन २०७७ १२:११
48
Shares

काठमाडाैं ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरुद्धको खोप लगाएका छन्। सिभिल हस्पिटल नयाँ बानेश्वरमा रहेको खोपकेन्द्रमा पुगि सापकोटाले खोप लगाएका हुन्।

संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार आज सभामुखसहित प्रतिनिधि सभाका सम्पूर्ण सांसदहरु, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित सबै सांसदहरु, मर्यादापालक लगायत सबै कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन्।

यही फागुन २३ गते दुबै सदनको बैठक बस्ने भएकाले कोरोना विरुद्धको खोप लगाउनु परेको सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार कोरोनाको महामारीकोबीच संसद बस्दा सबैको पीसीआर चेकजाँच गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेको थियो। प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै बदर अदालतले बदर गरेको हो।

सर्वोच्च अदालतले उक्त निर्णयलाई बदर गरेसँगै फागुन २३ गतेभित्र संघीय संसदको अधिवेशन बोलाउन समेत सरकारलाई निर्देशन दिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.