भारतद्वारा सांस्कृतिक सम्पदा पुनर्निर्माणको लागि २४ करोड सहयोग
काठमाडौं। भारतले ललितपुरस्थित जेष्ठ वर्ण महाविहार, सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बाको पुनर्निमाणको लागि २४ करोड ६ लाख सहयोग गर्ने भएको छ।
यी तीनवटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणसम्बन्धी सम्झौता पत्रमा भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले हस्ताक्षर गरेका हुन्।
इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन)ले गर्ने छ।
यी तीन सांस्कृतिक सम्पदाको २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएको थियो। त्यस्तै, भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ।







डिसी नेपाल







Facebook Comment