अमेरिकी प्रहरीद्वारा संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र’को चेतावनी
बीबीसी। अमेरिकी संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र” भएको भन्दै सुरक्षा व्यवस्था कडा गरिएको छ। उक्त कदम नाम नखुलेको मिलिसिया समूहले इतिहासमा अमेरिकी राष्ट्रपतिको शपथग्रहण हुने दिन अर्थात मार्च ४ मा हमला गर्ने योजना बनाएको गुप्तचरी सूचनाका आधारमा चालिएको बताइन्छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्सको बिहीवारको सत्र स्थगित गरिएको छ तर सिनेटको कार्यसूची भने जारी रहनेछ।
पछिल्लो धम्की अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा रहेको भीडले संसद भवनमा घातक हमला गरेको दुई महिनापछि आएको हो।
ट्रम्पका समर्थकहरूले सांसदहरूले जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरिरहेको बेलामा गएको ज्यानुअरीमा संसद भवनभित्र आक्रमण गरेका थिए। ट्रम्पले अझै पनि चुनावमा आफू पराजित भएको स्वीकार गरेका छैनन्।
अमेरिकी संसद् भवनका प्रहरीका अनुसार गुप्तचर निकायले बिहीवार ट्रम्प पुन: राष्ट्रपतिमा पुनर्स्थापित हुने अपेक्षा सहित मिलिसिया समूहले घुसपैठ गर्नसक्ने षडयन्त्र गरेको गुप्तचरी जानकारी आफूले पाएको बताएको छ।







डिसी नेपाल







Facebook Comment