प्रहरीसँगकहो मुठभेडमा भारतीय तस्कर मारिए, भारतको भने फरक दावी
काठमाडौं। नेपाल र भारत सीमा क्षेत्रमा भएको एक मुठभेडमा एकजना भारतीय तस्कर मारिएका छन्। बिहीबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला र भारतको उत्तर प्रदेश राज्यको पिलिभित जिल्लाको सीमा क्षेत्रमा नेपाल प्रहरीसँग भारतीय तस्करको मूठभेड हुँदा एकजना तस्कर मारिएको कपञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले डिसी नेपाललाई जानकारी दिए।
उनले फोनमा डिसी नेपालसँग भने, ‘सुरक्षाकर्मीमाथि तस्करले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा एकजना मारिएका छन्। कुन देशका नागरिक हुन् भनी चिनेर गरिएको कारबाही होइन।’
उनले तस्करहरु तीनजना रहेको र प्रहरी एकजनामात्र रहेको बेला तस्करले आक्रमणको प्रयास गरेको बताए। उनले उनीहरुको साथबाट नक्कली नोट बनाउने मेसिन, त्यसमा प्रयोग हुने रसायन, कागजको रिम, ब्राउन सुगर र ह्वाइट पउडर बरामद गरिएको बताए। उनले प्रहरी कारबाहीमा एकजनाको मृत्यु भएको र अन्य दुईजना फरार भएको बताए।
उता भारतीय पक्षले भने नेपाल प्रहरीको गोली लागेर एकजना भारतीय नागरिक मारिएको जनाएको छ। भारतीउ सञ्चार माध्यम आजतकसँग कुरा गर्दै पिलिभितका प्रहरी अधिकारी जयप्रकाशले तीनजना भारतीय नागरिक नेपाल घुम्न गएको र नेपाल प्रहरीसँग विवाद हुँदा एकजना मारिएको अन्य दुईजना वेपत्ता भएको बताएका छन्।
तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले भारतीय भनाइको खण्डन गर्दै तस्करमाथि प्रहरीले कारबाही गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।







डिसी नेपाल







Facebook Comment