प्रहरीलाई १५० रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

डिसी नेपाल
५ चैत २०७७ ६:३५
116
Shares

काठमाडौं। प्रहरीले १ सय ५० रुपैयाँ घुस दिन खोज्ने सवारी चालकलाई पक्राउ गरेको छ। राति २ः४५ बजे कालिमाटी कनक पेट्रोलपम्प सडक खण्डस्थित डिउटीमा खटिएका प्रहरी जवान हरिकिशोर वैठालाई घुस दिन खोज्ने चालक पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डिउटीमा रहेका ति प्रहरीलाई बा २ ख २३४३ नम्बरको बसलाई सवाी तथा यातायात व्यवस्था ऐन अन्तर्गत चेकजाँच गर्दा कागजपत्र नभेटिएको र कारवाही गर्न खोज्दा प्रलोभनमा पारिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाका २२ वर्षका सन्दिप तामाङ रहेका छन्। उनलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत कालिमाटी बुझाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.