कोशी प्रदेश टिमका क्रिकेट खेलाडी मिनाश थापाको निधन

डिसी नेपाल
१० पुष २०८२ १०:३२
588
Shares

काठमाडौं । कोशी प्रदेशका क्रिकेटर मिनाश थापाको निधन भएको छ। थापाको दुर्घटनामा परी निधन भएको कोशी प्रदेश क्रिकेट संघले जनाएको छ । प्रादेशिक क्रिकेट संघले उनको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

‘कोशी प्रदेशका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ’ संघले सामाजिक संजालमा लेखेको छ ‘स्व. मिनशले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषतः कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ। ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्। भावपूर्ण श्रद्धाञ्जली।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *