एमाले संसदीय दलको बैठकमा वामदेवको इन्ट्री

डिसी नेपाल
७ चैत २०७७ १२:०९
620
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक सुरु भएको छ। शनिबार विहान साढे १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको बैठक केही ढीलो गरी सुरु भएको सांसद महेश बस्नेतले जानकारी दिए।

यस्तै आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्। पार्टी भित्रको विवादलाई अलग धारबाट चिहाइरहेका नेता गौतमको अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका हुन्। यसअघि नेता गौतम ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन्।

यस्तै आजको बैठकमा नेपाल–खनाल पक्षको अनुपस्थिति रहे पनि ढीलो चाँडो सबै सहभागी हने नेता शेर बहादुर तामाङले बताएका छन्। ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.