के बाध्यतामा च्यापिएर बसेका छन् बाबुराम?

डिसी नेपाल
१५ चैत २०७७ १२:०२

काठमाडौं। माओवादी, नयाँ शक्ति हुँदै मधेस केन्द्रित दलमा पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले चौतर्फ उपेक्षामा छन्। मधेश केन्द्रित संगठन र नेताहरुको बाहुल्यता रहेका दलहरुबीच एकीकरण गरेर पहाडी क्षेत्रमा समेत दलको संगठन विस्तार गर्ने भनिए पनि भट्टराईले जसपामा गएर पार्टीलाई पहाडी र हिमाली षेत्रमा विस्तार गर्न त सकेनन् नै अहिले पार्टीभित्र उनी आफैं उपेक्षित छन्।

पार्टीको संगठन बाबुरामको नयाँ शक्तिको पालामा जस्तो थियो उस्तै नै छ। उनले पार्टीमा संघीय परिषदको अध्यक्षको जिम्मेवारी त पाएका छन् तर उनको सुनुवाइ भने भइरहेको छैन।

भट्टराई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउनुपर्ने पक्षमा छन्। ओली हटाउने अभियानमा अर्का नेता उपेन्द्र यादव पनि छन्। तर, महन्थ ठाकुरसहित तत्कालीन राष्ट्रिय जनता पार्टीका नेताहरु भने ओलीसँग सहकार्य गर्ने पक्षमा पुगिसकेका छन्।

बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुसँग छलफल नै नगरी प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीका लागि कार्यदल गठन गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले त्यो कुरालाई धेरै अगाडि बढाइसकेका छन्।

ट्वीटरबाट धारणा राखेका भट्टराईलाई ट्वीटेहरुले नै जवाफ दिन्छन् जुन जवाफले राजनैतिक रुपमा कुनै तुक राख्दैन। भट्टराईको यो निरीह स्थितिले दुई प्रश्न जन्माएको छ । के उनी पार्टीभित्रै कुरा राख्न नसक्ने, आफ्नो एजेण्डमा छलफल गराउनै नसक्ने अवस्थामा पुगेका हुन्? वा उनी अरु कसैको स्वार्थमा निरन्तर प्रधानमन्त्रीविरुद्ध लागिपरेका छन्?

पछिल्लो समय समाजवादी पार्टीको राजपा पक्ष प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने सहमति नजिकै पुगिसकेको छ। सरकारले मधेस आन्दोलनसँग सम्बन्धित देशभर रहेका सबै मुद्दा फिर्ता लिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी हुने बाटो खुलेको हो।

जसपाले सरकारमा सहाभागी हुन सरकारसँग चारवटा माग राखेको थियो। ती मागमध्ये मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्तालाई मुख्य माग बनाएको थियो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ताका लिने निर्णय गरेपछि जसपालाई सरकारमा सहभागी हुन वा बाहिरै बसेर सरकारलाई समर्थन गर्ने बाटो खुला भएको हो।

बाबुराम भट्टराईले ओलीलाई जसरी पनि हटाउनुपर्ने बताइरहँदा पार्टी भने उनलाई बाइपास गरेर अगाडि बढिरहेको छ। यस्तोमा बाबुराम भने पार्टीभित्र आफ्ना एजेण्डामा छलफल समेत गराउन नसक्ने अवस्थामा पुगेका छन्। केही दिनअघि भट्टराईले पार्टीमा लगेको बैठक सिधै अस्वीकृत भएर फर्किएको थियो।

त्यसयता भट्टराई ट्वीट गर्छन्। ट्वीटरबाट धारणा राखेका भट्टराईलाई ट्वीटेहरुले नै जवाफ दिन्छन् जुन जवाफले राजनैतिक रुपमा कुनै तुक राख्दैन। भट्टराईको यो निरीह स्थितिले दुई प्रश्न जन्माएको छ । के उनी पार्टीभित्रै कुरा राख्न नसक्ने, आफ्नो एजेण्डमा छलफल गराउनै नसक्ने अवस्थामा पुगेका हुन्? वा उनी अरु कसैको स्वार्थमा निरन्तर प्रधानमन्त्रीविरुद्ध लागिपरेका छन्?

शनिबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आफूलाई निकै ठूलो दबाब भएको बताएका थिए। प्रचण्डले आफूलाई निकै दबाब भए पनि अब भने आफ्नो नैतिकताले सरकारलाई समर्थन गरिरहन नदिने भएकोले अब समर्थन फिर्ता लिने बताएका थिए।

प्रचण्डले दबाब कसको हो भनेर खुलाएनन्। भट्टराईको पछिल्लो स्थिति पनि प्रचण्डकै जस्तो हो कि भन्ने आशंक पनि बढेको छ। ओली सरकार विस्थापित गर्ने आफ्नो एजेण्डालाई पार्टीभित्र छलफल गराउन नसक्ने तर विचार नमिलेका आधारमा पार्टीबाटै अलग्गिन समेत नसक्ने अवस्थामा भट्टराई परेका हुन सक्ने अनुमान गरिएको छ।

अर्को आशंका हो भट्टराई अरु कसैको एजेण्डामा त चलिरहेका छैनन्। ओली सरकार नेपालभित्र मात्रै नभएर विदेशी शक्तिको आँखामा समेत बिझाइरहेको छ। यस्तोमा ओलीलाई विस्थापित गर्न चाहने कुनै विदेशी शक्तिको गोटी भएर उसको स्वार्थअनुकूल पो भट्टराई चलिरहेका छन् कि भन्ने आशंका समेत गर्ने ठाउँ छ।

यदि यस्तो नभए पार्टीका संघीय परिषदका अध्यक्षको कुरा पार्टीभित्र सुनुवाइ नहुने स्थिति नआउनुपर्ने थियो। अध्यक्ष हुँदाहुँदै पनि आफ्नै पार्टीभित्र भट्टराई उपेक्षित छन्, यो देखिएको कुरा हो। तर, उनको यो स्थितिको कारण के हो भन्ने अहिलेसम्म प्रस्ट छैन। विकसित राजनैतिक घटनाक्रमसँगै त्यो कारण पनि खुल्दै जाला भन्ने आशा भने गर्न सकिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *