आठ दिनअघि कलंकीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्
काठमाडौं। आठ दिनअघि काठमाडौंको कलंकीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए। उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताए।
‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भने। उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलंकीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन्। उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन्।
परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment