जम्बो टोली सहित सर्वोच्च पुगेका प्रचण्ड फर्किए
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वोच्च अदालतबाट फर्किएका छन्। गत फागनु २३ गतेको सर्वोच्चको फैसला पुनरावलोकन गराउन निवेदनसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गराएर अदालतबाट बाहिरिएका हुन्।
सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष भएको नेकपालाई मान्यता दिएको थियो भने, एमाले र माओवादीको एकीकरण बदर गर्ने फैसला गरेको थियो।
अदालतबाट बाहिरिदै गर्दा उनले अदालतले गरेको फागुन २३ को निर्णय पुनर्विचार गर्नेमा आफू विश्वास्त रहेको बताए।
उनले भने ‘अदालतले ढिलो नगरी नेकपाको वैधानिकतालाई पुनरावलोकन र केही दिनभित्र नै यथार्थ आउनेमा विश्वस्त छु। विगतमा पनि यस्ता मुद्दा पुनरावलोकन भएका छन्। एकताबद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने फैसला सर्वोच्च अदालतले सच्याउने छ भन्ने हामीले विश्वास लिएका छौं।’
पार्टीका नेताहरू र वरिष्ठ अधिवक्ता शम्भु थापासहितको टोली लिएर प्रचण्ड सार्वोच्च पुगेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment