एमालेबाट जानकीदेवी राम समानुपातिक सांसद्

डिसी नेपाल
१९ चैत २०७७ ६:२५
380
Shares

काठमाडौं। निर्वाचन आयोगले सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् निर्वाचित गरेको छ।

आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। सिवाको गएको २८ असोजमा निधन भएको थियो ।

बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *