प्रधानमन्त्रीको तर्फबाट घनश्याम भुसालले माफी मागे

डिसी नेपाल
१९ चैत २०७७ १५:१६
2.4k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्रीको तर्फबाट दुनियाँसँग माफि मागेका छन्। नेकपा एमालेको ओली पक्षले निलम्बन गरेपछि पहिलो प्रतिक्रिया दिँदै उनले आफ्नो अध्यक्षको तर्फबाट भएको गल्तिका कारण आफूले माफि मागेको बताएका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु।’

भुसालले ओली समूहलाई राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रको हुर्मत लिएको भन्दै त्यो अपूरणीय भएको बताएका छन्।
‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला÷गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ उनले लेखेका छन्।

‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’ भुसालले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *