काँग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्दै

डिसी नेपाल
२० चैत २०७७ १३:००
92
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज २ बजे बस्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा बस्ने केन्द्रीय समिति बैठक महाधिवेसन केन्द्रीत हुने केन्द्रीय सदस्य कल्याण्ड गुरुङले डिसी नेपाललाई बताए।

गुरुङले भने, ‘आज विषेश गरी महाधिवेसनको बारेमा छलफल हुने छ। १४औँ महाधिवेसन र क्रियाशील सदस्यताका विषयमा बैठक केन्द्रीत हुन्छ भन्ने छ।’

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक सरकार गठनका बारेमा पनि आजको बैठकमा कुरा हुने नेता गुरुङको भनाइ छ। नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी भए पनि आफ्नो भूमिकाबाट विमुख भएको आरोप खेप्दै आएको छ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि सरकारको साँचो कांग्रेसको हातमा गएको छ। आफ्नो हातमा सरकारको साँचो आए पनि कुनै एक्सनमा नगएको भन्दै कांग्रेसको आलोचना पनि हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *