डुबेर नाबालिकाको मृत्यु

डिसी नेपाल
२० चैत २०७७ १८:१३
20
Shares

राजविराज । सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल (टुबवेल)निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.