सरकार र थारुहट सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सकारात्मक
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान संयुक्त सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता भएको छ ।
वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले ट्विटरमा लेखेका छन् । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता फेरि बस्ने पनि उनले जानकारी दिए ।

यसअघि मंगलबार भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको थियो । आन्दोलनरत पक्षले टिकापुर घटनामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ ।
गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment