पेट्रोलियम पदर्थको मूल्य वृद्धिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

डिसी नेपाल
२३ चैत २०७७ २०:४१
156
Shares

काठमाडौं। नेपाली काँग्रेस निकट नेविसंघले पेट्रोलियम पदर्थको भाउ बढाएको विरोधमा सोमबार आयल निगम घेराउ गरेको छ। बबर महलस्थित निगममा पुगेर नेविसंघले घेराउ गरेको हो।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री दीपक भट्टराईले कोरोनापछि बिस्तारै मुलुक सामान्य हुँदै गएको तर खतरा जिवितै रहेको यो अप्ठ्यारो समयमा सरकारले समग्र राहत दिनुपर्नेमा उल्टो बारम्बार पेट्रोलियम पदार्थसँगै सबै क्षेत्रमा मूल्य वृद्धि गरी जनताको शोषण गरिरहेको बताए। भट्टराईले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए नेविसंघले थप आन्दोलन गर्ने बताए।

सरकारले चैत महिनामात्र पेट्रोलियम पदार्थको मूल्य दुई पटक बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *