पत्रकार महासंघ चुनावः ११ जिल्लाको परिणाम आउँदा ८ जिल्लामा युनियनका अध्यक्ष

डिसी नेपाल
२५ चैत २०७७ २२:३६

काठमाडौं। नेपाल पत्रकार महासंघको तीनै तहका लागि बिहीबार भएको मतदानको मतगणना जारी छ। अपरान्ह ५ बजे मतदान सकिएसँगै मतगणना शुरु भएको हो। यो समाचार तयार पार्दासम्म राति साढे १० बजे देशका विभिन्न ११ जिल्लाबाट जिल्ला शाखाको अन्तिम मत परिणाम आएको छ।

ईलाममा प्रेस युनियनका विप्लव भट्टराई, रौतहटमा प्रेस चौतारीका प्रेमचन्द्र झा, तेह्रथुममा प्रेस युनियनका अमृत बाँस्तोला, जाजरकोटमा प्रेस युनियनका बालकुमार शर्मा, गोरखामा प्रेस युनियनकै नरहरि सापकोटा अध्यक्षमा विजयी भएका छन्। अछाममा युनियका खम्बबहादुर खत्री, सल्यानमा युनियनकै नवीन पौडेल, गुल्मीमा प्रेस चौतारीका टोपलाल अर्याल, प्युठानमा सञ्जय रिजाल र डोटीमा युनियनका मोहन शाही अध्यक्षमा विजयी भएका छन्।

११ जिल्लाको परिणाम आउँदा ८ जिल्ला शाखामा प्रेस युनियनका उम्मेदवार विजयी भएका छन् भने दुई जिल्लामा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन्।

यस्तै एसोसिएट प्रदेशको पनि चुनावी परिणाम आएको छ। एसोसिएट प्रदेशको अध्यक्षमा प्रेस युनियनकै बैकुण्ठराज पराजुली विजयी भएका छन्। प्रदेश समिति र केन्द्रीय समितिको भने जिल्ला जिल्लामा मत गणना भए पनि सबै मत जोड्न नसक्दा कुन उम्मेदवारले कति मत ल्याए भन्ने यकिन हुन सकेको छैन। जिल्ला शाखामा आएको परिणामले प्रेस युयिनले अग्रता लिइरहेको छ।

प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समूह निकट प्रेस चौतारी,लगायत ११ संगठनको एक प्यानल चुनावी मैदानमा होमिएको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रेस चौतारी अर्को प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ। देशभर यी दुई प्यानलका उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *