माओवादी केन्द्रले गर्यो गृहमन्त्री बादललाई कारवाही
फाइल फाेटाे
काठमाडाैं। चार सांसदलाई कारवाही गरेको माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई कारवाही गरेको छ। गृहमन्त्री थापालाई कारवाही गरेको पत्र दिनानाथ शर्माले संसद सचिवालयमा दर्ता गराएका छन्।
राष्ट्रिय सभा दलका नेता शर्माले डिसी नेपालसँग भने, ‘हामीले दल त्याग गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि थापाले ओलीलाई साथ दिएका थिए।
फागुन ११ गते सर्वोच्च अदालतले संसदको पुनःस्थापना गरेको थियो। नेकपा नामका विषयमा सर्वोच्चमा परेको रिटको फागुन २३ गते फैसला गर्दै पूर्व एमाले र माओवादी केन्द्रलाई नै व्युँताइदिएको थियो। त्यसपछि थापाले माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए।
त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment