लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ – प्रधानमन्त्री ओली

डिसी नेपाल
२८ चैत २०७७ १६:१८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी लकडाउनको अवस्था आउन नदिन सबैलाई सुरक्षा सावधानीका मापदण्ड अपनाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासघंको पचपन्नौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री ओलीले फेरी बन्दाबन्दीको अवस्था नआउने गरी सबैले सचेत र सजग रहनु पर्ने बताए।

उनले भने ‘समयमै सचेतना अपनाऔं, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सक्रमणको गति जसरी पनि रोक्नुपर्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण रुपमा पालना गर्नुपर्नेमा प्रधानमन्त्रीले आग्रह गरे।

यस्तै प्रधानमन्त्री ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन्। उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार भइरहेको बताए।

उनले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढिरहेको बताए। मुलुकमा व्यापारको वातावरण बनेको बताउँदै उनले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरेर्। सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ,’ उनले भने।

वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको बताउँदै उनले खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए। प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *