लहान मालपोतमा बम बिष्फोट घटनामा संलग्न एक जना पक्राउ

डिसी नेपाल
२९ चैत २०७७ १६:४७
116
Shares

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका ३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखिया रहेका छन् ।

चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराएको विष्फोटको जिम्मा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले लिएको थियो । विष्फोटमा ८ जना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो ।

यसअघि उक्त घटनामा संलग्न सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.