तास खेलिरहेको अवस्थामा ६ लाख नगदसहित ११ जना पक्राउ

डिसी नेपाल
२९ चैत २०७७ १७:०३
100
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका २६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका ६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जना रहेका छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.