हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी महिलाको मृत्यु
काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका–१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएका बेला जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
केही दिनअघि बर्दियामा बाघले आक्रमण गरी मानिसको ज्यान लिएको थियो। यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment