विभुषणमा नेपालको पुरानो नक्सा प्रयोग भएको विरोधमा अनेरास्ववियुको प्रर्दशन

डिसी नेपाल
२९ चैत २०७७ १८:२१
32
Shares

काठमाडौँ। २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा गरेको घोषणाअनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नागरिकलाई प्रदान गरिएको तक्मामा अंकित विभूषणमा नेपालको नक्सामा भारतले अतिक्रमण गरेको भूमि नसमेटिएको भन्दै खनाल–नेपाल समूह निकट अनेरास्ववियुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले नेपालको नयाँ चुच्चे नक्सा अंकित नक्सा बोकी प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। ‘झुटो राष्ट्रियता चाँहिदैन,चुच्चे नक्सा फेर्न पाईदैन’, ‘नक्सा म देशको नक्सा जो तिम्रो भाषणमा अटाए ! तर तिम्रो शासनमा अटिन !! के म पनि निलम्वन हुने हो ??लेखिएका विभिन्न प्लेकार्डहरु बोकी सडकमा प्रदर्शन गरेका छन्।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्रीको नक्कली राष्ट्रवाद उदांगो भएको र यो धेरै नटिक्ने आरोप लगाए। पार्टी भित्र पनि स्वेच्छाकारी तवरबाट निरकंकुश शैलीमा उत्रिएका प्रधानमन्त्री ओली भारतीय दुतावासमा लम्पसार परि चुच्चे नक्सा समावेश नगरी विभूषणको तक्माले सम्मानित गर्नु मातृभूमिप्रति घात गरेको उनले आरोप लगाए।

देशको सबै भूभाग समावेश नभएको नक्साको तक्माको कुनै महत्व नभएका कारण तक्माबाट सम्मानित हुनेहरु सबैलाई यो विभूषण अस्वीकार गर्न पराजुलीले आग्रह गरे।

प्रधानमन्त्री ओलीको सरकारमा धेरै कालोवजारी महँगी बढेको भन्दै नागरिकहरु मर्कामा परेको बताए। उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *