बहराइनका राजकुमारलाई नेपालको के–के मन पर्‍यो ?

फुर्पा शेर्पा
३० चैत २०७७ १०:०५

१६ सदस्यीय टोली सहित काठमाडौं आइपुगेका बहराइनी राजकुमार शेख नसेर मोहम्मद हमाद मोहम्मद अल खलिफाले नेपाली खाना मःम र सबै खानेकुरा धेरै मन परेको प्रतिक्रिया दिएका छन्। डिसी नेपालका लागि फुर्पा शेर्पासँग कुरा गर्दै राजकुमार खालिफाले नेपालीहरुको खाना परिकाहरु धेरै मिठो र नेपाली तथा नेपाल धेरै राम्रो लागेको बताएका हुन्।

तीन वर्ष पहिले बहराइन रोयल गार्ड टोली विश्वको सर्वोच्च शिखरमा पुग्ने मिशनसहित गठन गरिएको थियो। बहराइनी राजकुमार अल खलिफा सहितको टोली पहिलो पटक सेप्टेम्बर र अर्को महिना यहाँ आइपुगेको थियो।

उनीहरुले सगरमाथाको शिखर चुम्ने तयारीमा लोबुचे शिखर र माउन्ट मनास्लुलाई सफलतापूर्वक स्केल गरेका थिए। उनले नेपाली खाना परिकार जस्तै मःम, रातो दाल, बियार्नी, नेपाली खाना निकै मिठो लागेको बताए।

तपाईँले सामागाउँमा के के गर्नुभयो?

हामी पहिलो पटक नेपाल आउँदा समागाउँ गएका थियौ र मलाई सामागाउँ धेरै नै राम्रो लाग्यो। यो पटकको भ्रमणमा जाँदा पूरै दिन हिउँ परेको थियो र त्यहाँको मौसम खराब भए पनि हामीले सामागाउँ घुम्न गयौं र त्यहाँका केही ट्रेक पनि गर्यौं। सामागाउँका मानिसहरुको सबै कुराहरु सुन्दर, सांस्कृतिक पोशाकमा भेटिन्छन्। त्यहाँका मानिसहरू निकै राम्रो छन् र उनीहरू हामीलाई हेर्न उत्सुक छन् र हामी पनि उनीहरूलाई हेर्न उत्सुक हुन्छौं।

सगरमाथा आरोहण गर्नुको कारणहरू?

गत वर्ष मात्र म लगयत मेरा टोलीले लोबुचे शिखर र माउन्ट मनास्लु सफतापूर्वक आरोहण गरेका थियौं। गत वर्ष लोबुचे शिखर र माउन्ट मनास्लुबाट सुरु भएको थियो जुन अभियानको पहिलो चरण थियो, अब हामी सगरमाथा आरोहण गर्न तयार छौं।

सगरमाथा आरोहण गर्नु हाम्रो देशको लागि एकदमै ठूलो कुरा हो। बहराइनको झण्डालाई संसारको सर्वोच्च शिखर सगरमाथामा फरफराउन सक्नु सम्मानको कुरा हुने छ।

मेरो यो नेपाल भ्रमणले अरुलाई नेपाल घुम्न प्रेरित गर्नेछ, र हिमाल आरोहण गर्न नसोचेकाहरुलाई ट्रेक गर्ने, अन्य काम गर्ने सायद यो एक्सपेडिशनले देखाउने छ। सगरमाथा आरोहणको सफलता पछि धेरै पर्यटकहरु नेपाल आउनेछन् भन्ने विश्वास छ।

तपाईं सगरमाथा चढ्न सक्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ? आशा गर्नुहुन्छ?

मलाई विश्वास र उत्साहित छु, म र मेरो टोलीले यस पर्वतीय एक्सपेडिशनको बारेमा धेरै मेहनत गरेका छौ्र। म र मेरो टिमले सगरमाथा आरोहण गर्नेछौं।

सगरमाथा आरोहण गर्न तपाईंहरूमध्ये कति जना यहाँ हुनुहुन्छ?

टिममा हामी १६ जना छौ्रं । यस अभियानको लागि त्यहाँ ९० प्रतिशत रोयल अंगरक्षकहरू तयार भएका थिए। तयार भएका अंगरक्षकहरुमध्ये केहीको नाम छानेका हौं । सायद भविष्यमा अर्को एक्सपेडिशन पनि हुनेछ कि भन्ने थाहा छैन।

तपाईको बल, समग्र टिमको बल कस्तो हुनेछ ?

हामी लेबुचे शिखर र माउन्ट मनास्लु शिखर सम्म पुगिसकेका छौं । बहराइनमा हामी सबै समुद्री सतहभन्दा तल बस्छौं । नेपाल आउनु अनि लोबुचे शिखर र माउन्ट मनास्लुलाई आरोहण गर्नु सबै कुरा प्रशिक्षणको विषय हो। सगरमाथा आरोहण गर्न सजिलो छैन।

सगरमाथा अन्वेषणका लागि हामीसँग ४२ शेर्पाहरू छन्। शेर्पाहरू बिना हामी कुनै पनि एक्सपेडिशनको कल्पना गर्न सक्दैनौं । उनले हाम्रो पहिलेको दुवै आरोहणको क्रममा शेर्पाहरूले कडा परिश्रम गरे, जसले मलाई सगरमाथा शिखर गर्न प्रोत्साहित गरायो।

शेर्पाप्रति तपाईको भावना कस्तो छ, के तपाईको विचारमा यो एक्सपेडिशन शेर्पा बिना पूरा हुनेछ?

होइन, यदि हामीसँग शेर्पाहरू थिएनन् भने, अन्वेषणपछि लोबुचे शिखर र मनस्लु पर्वत आरोहण गर्न सक्ने थिएनौं । उनीहरु शारीरिक रुपमा मात्रै बलियो नभएर निकै सहयोगी पनि छन् । शेर्पा पुरुषका साथै महिला पनि उत्तिकै बलिया छन् । मनास्लु र लोबुचे चढेपछि मलाई लाग्छ, शेर्पाहरूबिना पहाड चढ्न सकिंदैन। म र मेरो टोलीको लागि माउन्ट सगरमाथाको स्केलिङ सधैं स्मरणीय हुनेछ ।

के तपाई बहराइनबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ?

बहराइनबाट सगरमाथा आरोहण गर्न आएको पहिलो व्यक्ति म नै हु, साथै म उत्साहित पनि छु। म र मेरो टोलीले गत वर्ष २०२० को अक्टुबर महिनामा नै लोबुचे शिखर र माउन्ट मनास्लु आरोहण गरिसकेका छौं। त्यसैले अबको यो सगरमाथा आरोहणको लागि त्यत्तिकै उत्साहित छौं। हाल बहराइनमा ३५ हजार नेपाली कार्यरत छन् तीमध्ये एक हजार जना नेपाली हाम्रै रोयल बडीगार्डमा कार्यरत छन् ।

तपाईको पहिलो आरोहणको अनुभव कस्तो रह्यो?

हामी सबैको लागि लोबुचे शिखर र माउन्ट मनास्लु नयाँ अभियान थियो, ८ हजार मिटरको चुचुरासम्म पुग्न हामीलाई केही गाह्रो भएको थियो साथै यो एउटा नयाँ फरक अनुभव थियो।

तपाईलाई बहराइन र नेपाल बीचको सम्बन्धको बारेमा के लाग्छ?

हालसम्म बहराइनबाट कोही पनि मानिस सगरमाथा आरोहण नगरेकोमा राजकुमार स्तरको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने छ। नेपाल र बहाराइन दुई देशबीचको सम्बन्ध लामो समयदेखि सुमधुर छ र आउने दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजकीय अभियानले सहयोग पुग्ने विश्वास छ।

फेरि नेपाल घुम्न आउन रुचाउनु हुन्छ कि?

आउँछौं । हामी सबै टोलीले खोप लगाएका छौं। पहिलो पटक हामी नेपाल आउँदा लोबुचे शिखर र माउन्ट मनास्लु घुम्न गएका थियौं र त्यहाँ हामीले ४ घण्टा सबै फोहोर जम्मा गरेका  थियौं। पहाडको चुचुरोमा उभिएर ८,००० मिटरभन्दा माथिको चुचुरोमा चढ्नु चुनौतीपूर्ण थियो । त्यो अभियानपछि ८,००० मिटरभन्दा माथिको पहाड चढ्ने पहिलो बहराइनी नागरिक बनें। सगरमाथाको आरोहण पछि विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो बहराइनी नागरिक हुनेछु।

यो रेकर्ड राख्न पाउँदा म साँच्चिकै गौरवान्वित छु र आगामी दिनमा अझ बढी हिमाल आरोहणको प्रतीक्षामा छु । हाम्रो एक्सपेडिशनले पक्कै पनि हाम्रो क्षेत्रबाट धेरै मानिसलाई पर्वतारोहणको प्रयास गर्न प्रेरित गर्नेछ।

खाडी देशका मानिसहरू साधारणतया ट्रेकिङ र पर्वतारोहण रुचाउँदैनन् । विलासी होटलमा बसेर घुमफिर गर्दा शरीरलाई कम कर लाग्छ तर हिमाल चढ्दा गाउँमा घुम्न जानु र प्रकृतिसँग नजिक हुदाँ पूरै नयाँ स्तरको सन्तुष्टि प्रदान गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *