प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

डिसी नेपाल
३० चैत २०७७ १४:३०

काठमाडौं। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठका बोलाएका छन्। बैशाख ६ गते विहान ११ बजे बालवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको हो।

बैठकमा महाधिवेशनका विषय र स्थायी कमिटी गठनका विषयमा छलफल हुने एक नेताले डिसी नेपाललाई बताए। यसअघि बसेको बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। हाल एमालेमा अध्यक्ष र महासचिव दुई जना पदाधिकारी मात्रै छन्।

योबीचमा पार्टी गतिविधि विरुद्ध काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ। माधव नेपाल समूह यतिबेला समानान्तर कमिटी गठन गर्नमा व्यस्त छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *