राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्वोधन : वर्ष २०७७ निरर्थक भएन

डिसी नेपाल
१ वैशाख २०७८ ८:५८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ सालको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। बुधबार विहान राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए। सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन्।

उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए। कोभिडको महामारी न्यूनीकरण हुँदै गए पनि चैतबाट फेरि यसको प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह गरे ।

‘७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस। तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ। त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको पनि बताए। आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको भन्दै उनले गुनासाे पनि गरे।

‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्र भनको हुँ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *