राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

डिसी नेपाल
१ वैशाख २०७८ १०:३२

काठमाडौं। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)  मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ’ अध्यक्ष केसीको वक्तव्यमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ। गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)  अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ। गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ। त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ।’

कुल ६० सांसद भएको गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङको एमालेको २७ सांसद छन्। एक स्वतन्त्र सांसदले पनि गुरुङलाई समर्थन गरिरहेका छन्।

हाल कांग्रेससँग १५, माओवादी केन्द्रको १२ सदस्य छन्। यसैगरी जसपासँग दुई ससदस्य छन्। जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेकाे  छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *