प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच वार्ता

डिसी नेपाल
२ वैशाख २०७८ १७:१४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सो वार्ता भएको हो। वार्तामा जसपा अध्यक्ष ठाकुरले जसपा नेताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने विषयमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता तथा जसपासँग वार्ता गर्न गठित कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘छलफलको मुख्यकुरा जसपाको मागको विषय हो। उहाँहरु (जसपा)का मागहरु छन्। रेशम चौधरीलगायतका मानिसहरुको मुद्दाको कुरा छ। त्यही विषयमा कुराकानी भएको हो।’ तर कुराकानीमा सहमति जुटेको वा नजुटेको विषयमा भने केही खुलाइएको छैन।

जसपाले आफ्ना माग पूरा गर्नेलाई सरकारका लागि समर्थन दिने बताउँदै आएको छ। ओली सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा मागरिहरको छ तर समर्थन फिर्ता लिएको छैन। जसपाको समर्थन जुटाएर प्रधानमन्त्री ओलीले आफ्नो सत्तालाई बलियो बनाउन चाहिरहेका छन्। त्यसैका लागि जसपाका नेताहरुमाथिका मुद्दा फिर्ता लिने प्रयिक्रया सरकारले अगाडि बढाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *