राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य
काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन्। साेमबार विहान बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाकाे चालु अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो।
त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्यअन्त्य गरिएको हो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment