माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने एमाले निर्णय
काठमाडौं। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकले यसअघि निलम्बन गरिएका नेताहरुसहित थप नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
कर्णाली प्रदेशमा एमाले प्रदेश संसदीय दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने नेताहरुलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरिएको एकनेताले जानकारी दिए। वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।
अम्मरबहादुर थापा र कुर्मराज शाही फ्लोर क्रसपछि कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका छन्। उनीहरुलाई दुईदिने स्पष्टीकरण सोधिने र थप कारबाही यही १० गते बस्ने बैठकबाट गरिने जनाइएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० गतेको बैठकले थप निर्णय गर्ने जानकारी दिए।
उनका अनुसार विधान अधिवेशन आगामी साउनमा गर्ने निर्णयसमेत भएको छ। सोमबार बसेको बैठकलाई मावध नेपाल समूहले बहिस्कार गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment