गत २४ घण्टामा एक हजार ७ सय बढी कोरोनाका संक्रमित थपिए, ११ जनाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०७८ १८:०४
424
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ कोरोनाका संक्रमितहरु थपिएका छन्। १ हजार ६ सय ६७ जना पिसीआर टेस्टबाट र ६९ जना एण्टीजेनबाट प्रमाणीत भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१ जना पुरुष र ६ सय २६ जना महिला कोरोना संक्रमित थपिएका हुन्। आज सबैभन्दा बढी काठमाडौं जिल्लामा ५ सय ५० जना कोरोनाका संक्रमित थपिएका हुन।

आज ११ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्युहुनेको संख्या ३ हजार १ सय २ पुगेको छ। अहिलेसम्म २ लाख ७५ हजार ८ सय जना निको भएर घर फर्केका छन् भने गत २४ घण्टामा २ सय ५१ जना घर फर्केका छन्।

९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भने हालसम्म ८ हजार ६ सय ५९ जना आइसोलेसनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.