ओली–नेपाल वार्ता सकियो

डिसी नेपाल
९ वैशाख २०७८ १६:२७

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सकिएको छ। होटल मेरियटमा दुई नेताबीच करिब एक घण्टा वान टु वान छलफल भएको छ। पार्टीको विवादका विषयमा दुई नेताबीच बुधबार पनि मेरियट होटलमै वार्ता भएको थियो।

वार्तामा भएका कुरा र प्रस्तवबारे भने केही खुलाइएको छैन। तर, बुधबार शुरु भएको वार्तँले एमाले जगतमा उत्साह भने देखिएको छ। बिहीबार बिहान मदननगर बल्खुमा पार्टी कार्यालयको शीलान्यास गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दा अली नम्र देखिएक थिए भने माधव नेपालसहित १५ नेताले अपील जारी गर्दै एमालेको एकता जोगाउन आव्हान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *