एमालेको राष्ट्रिय सभा उम्मेदवार बादल

डिसी नेपाल
१० वैशाख २०७८ १५:३९

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ। बागमती प्रदेशको अन्य समूहको एक सिटका लागि जेठ ६ गते चुनाव हुँदैछ।

२०७४ को निर्वाचनमा माओवादीबाट विजयी बादलले माओवादी त्यागेपछि माओवादीको कारबाहीमा उनको पद रिक्त भएको थियो। बादलकै कारण रिक्त भएको पदमा उनी नै फेरि उम्मेदवार भएका हुन्।

राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्न पाउँछन्। एमाले सिंगो रहँदा बादलले जित्ने सम्भावना भए पनि माधव नेपाल समूहले सहयोग नगरे उनको जित निश्चित हुने छैन।

निर्वाचन आयोगले यही वैशख १४ गतेसम्म दल दर्ताका लागि समय दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *