उपप्रधानमन्त्रीद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
फाइल फाेटाे
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा ९एमाले० वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नर्भिक अस्पताल पुगेर उनले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment