प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्ला एक्लै छलफल हुँदै

डिसी नेपाल
२४ वैशाख २०७८ १२:३१
260
Shares

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच एक्ला एक्लै भेटवार्ता हुने भएको छ। पार्टी विवाद समाधान गर्ने विषयमा सहमति गरेका दुई नेताबीच आज एक्ला एक्लै भेटवार्ता हुने तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

‘आज उहाँहरुबीच कुनै स्थानमा एक्ला एक्लै छलफल हुने भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘पार्टी भित्र देखिएका विवाद समाधान र राष्ट्रिय सभा उपनिर्वाचनलगायतका विषयमा उहाँहरुबीच घनीभूत छलफल हुन्छ।’

बिहीबार राति राष्ट्रपतिलाई साक्षी राखेर ओली र नेपालबीच विवाद नबढाउने सहमति भएको थियो। उनीहरुबीच ओलीले नेपालसहितका नेतालाई गरेको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको थियो।

दुवै तर्फका दोस्रो तहका युवा नेताहरुले पार्टी एकताका पक्षमा लाग्न निरन्तर दबाव दिएपछि ओली र नेपालबीच आज एक्ला एक्लै भेट्ने तय भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.