धुलिखेल नगरपालिकाद्वारा कोरोना संक्रमितलाई अत्यावश्यक पर्ने सामग्री वितरण

डिसी नेपाल
२४ वैशाख २०७८ १३:४९
144
Shares

काठमाडौं । धुलिखेल नगरपालिकाले करिव एक हजार जनालाई पुग्ने गरी कोरोना विरुद्धको सामग्रीहरु वितरण गरेको छ। नगरप्रमुख अशोक कुमार ब्याञ्जुले अन्तराष्ट्रिय विकास साझेदार संस्थाबाट प्राप्त भएको सहयोग नगरबासीलाई वितरण गरिएको जानकारी दिए।

कोरोना लागेको अवस्थामा खाने भिटामिन ‘सी’, ‘डी’ र जींङ्क, ज्वरोको औषधि, एन्टिवाइटीक र २५ हजार थान मास्कसहितको सामग्री निःशुल्क वितरण गरिएको ब्याञ्जुले डिसी नेपाललाई जानकारी दिए।

स्थानीय सरकार जनताको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले हरेककाम जनजीवन र जनताको आवश्यक्ताको महशुस गरेर गर्नु पर्ने नगर प्रमुख ब्याञ्जुको भनाइ छ। ब्याञ्जले यसअघि नै निःशुल्क एम्बुलेन्स पनि उपलब्ध गराइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.