कोरोना महामारीबारे सरकारलाई आयोगको निर्देशनः न्यून आय भएकाहरुको जीविकोपार्जनको व्यवस्था गर

डिसी नेपाल
२४ वैशाख २०७८ १७:१२
56
Shares

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गराउँदै पत्रचार गरेको छ, आयोगले देशभर गरेको अनुगमनका आधारमा अवस्था भयावह रहेको भन्दै सरकारलाई यथासक्य चाँडो आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिएको छ।

आयोगले महामारीका क्रममा जारी निषेधाज्ञाका कारण न्यून आय भएकाहरुलाई समस्या भएको भन्दै उनीहरुको जीविकोपार्जनको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ। आयोगले देशभर गरेको अनुगमनका क्रममा अस्पतालहरु संक्रमितले भरिएको, विरामीको उपचार अस्पताल बाहिर भएको, निजी अस्पतालले विरामी भर्ना नगरेको, जीवन रक्षक औषधिको अभाव देखिएको र अक्सिजनकोसमेत अभाव देखिएको जनाएको छ।

आयोगले सबै राजनीतिक दलहरुलाईसमेत समेटेर कोरोनाविरुद्ध राष्ट्रिय एकता कायम गर्नका लागि विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.