बालुवाटार जग्गा प्रकरण: मुख्य अभियुक्त ढकालबारे न्यायाधीशको राय बाझियो
काठमाडौं । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा शुक्रबार विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाईका क्रममा राय बाझिएको हो ।
जसमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिए भने न्यायाधीश भट्टराईले पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश सदर गरे।
दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दाको छिनोफानो पूर्ण इजलासबाट हुने भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment